१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
प्रवास

लन्डनमा मनाइयो गणतन्त्र दिवस

बेलायतमा बस्ने नेपालहरूले गणतन्त्र दिवस मनाएका छन्। नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतले आइतवार एक कार्यक्रमको आयोजना गर्दै गणतन्त्र दिवस मनाएको हो।  

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले  नेपालमा संघियता सफल हुदै गएको बताए। उनले संघियताको सफलता पछि भारतको गुजरात र बिहार राज्यले गरेको सफलता हेरेर नेपालले पाठ सिक्नु पर्ने तर्क गरे। उनले भारतको विकास गैरआवासीय इन्डियनहरुको ठूलो भूमिका रहेको बताउँदै गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे। उनले विदेशमा बस्ने नेपालीहरुको लागि आवश्यक कानुन निर्माण लगायतका मुद्धामा सरकार सहयोग गर्न तयार रहेको विचार व्यक्त गरे।

सोही कार्यक्रमको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई जनसम्पर्क समिति बेलायतले सम्मान गरेको छ।

समितिका सभापति युवराज गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले सरकारले नीति तथा कार्यक्रम र बजेटमा ल्याएका नयां प्रावधानहरु गैरआवासीय नेपालीहरुको हितमा रहेको बताए।

उनले सरकारले ल्याएको खुल्ला नीतिका कारणले अब देखि विदेशी नागरिकले समेत नेपालमा फल्याट किन्न सक्ने कानुन बनेको बताए। सरकारले आइतवार प्रस्तुत गरेको बजेटमा गैरआवासीय नेपालीहरुको लागि एक दर्जन भन्दा बढी सुविधाहरु घोषणा गरेको प्रति आचार्य स्वागत गरे।

उनले गैरआवासीय नेपाली संघसँस्था ठूलो भएको कारणले वेलावेलामा समस्या देखिए पनि राष्ट्रको समृद्धिको लागि एक भएर अघि बढ्न आब्हान गरे। उनले संसदको चालु अधिवेशनबाट एनआरएनए नागरिकता पारित हुनेमा विश्वास गर्दै यदि यो संसदले टुंग्लो लगाउन नसके अध्यायदेशको विकल्पमा जानु पर्नेमा जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका पूर्वसल्लाहकार विश्वआर्दश पण्डितले नेपाली कांग्रेस सत्तामा आए पछि मात्र स्थानीय निकायहरु बलियो हुने तर्क गर्दै ठूलो चुनौतिकाबीच सरकारले स्थानीय निर्वाचन गर्न सफल भएको बताए।

उनले निर्वाचनसंगै युवाहरुको आगमनले नेपाली राजनीतिमा चुनौति थपिएको बताए। उनले गैरआवासीय नेपालीहरु फुट्न हुन्न भन्ने न्युनतम आधार मानेरनै  संघको गत १० औं महाधिवेशनबाट सहमतिबाट नेतृत्व चयन गरिएको बताए।

कुश बस्नेतले संचालन गरेको कार्यक्रममा समितिका उपसभापति प्रवेश केसी, प्रेश युनियन बेलायतका सभापति बिपीन निरौला, रोमियन लिम्बु लगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेकी पूर्वउपाध्यक्ष रोजिना प्रधान राई, गोर्खाअभियान्ता सूर्य नेग्वाङ लगायत जनसम्पर्क समिति बेलायतका पदाधिकारीहरुको उपस्थिती थियो।

प्रकाशित: १६ जेष्ठ २०७९ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App