१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

जनसम्पर्क समिति कोरियामा सदस्यता वितरणका लागि समिति

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आगामी अधिवेशनको लागि नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार क्रियाशीलल सदस्य नवीकरण तथा नयाँ क्रियाशील सदस्य वितरणका लागि समिति बनाएको छ।  

क्रियाशील सदस्यता वितरण समितिमा सभापति आस्था विन्दु मल्लको संयोजकत्वमा उपसभापति जितेन्द्र महता, संगठन विभाग प्रमुख खेमराज देवकोटा, प्रेस विभाग प्रमुख रत्न लिन्थेप लिम्बू र विदेश विभाग प्रमुख कमल शाही सदस्य रहेका छन्।  

क्रियाशील सदस्यको मापदण्ड तथा शुल्कअनुसार रितपूर्वक आएको निवेदन क्रियाशील सदस्यको फारम नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सभापति आस्था विन्दु मल्लले प्रमाणित गरी केन्द्रमा सिफारिस गर्ने गरि व्यवस्था मिलाइएको छ।  

साधारण सदस्यता संस्थागत कार्य मात्र नभएर डाटा बेस (Data base)मा संगठनलाई जिवन्त राख्ने अनलाइन फारमको व्यवस्था मिलाइएको सभापति मल्लले बताए। संगठन भित्र मत - विमत लोकतान्त्रिक पद्धतिको स्वभाविक पक्ष भएको तर मतभेद हुन नहुने जिकिर गर्दै कांग्रेसप्रति आस्था राख्ने सम्पुर्णलाई एकढिक्का भएर संगठन को हितका दत्तचित्त भएर सकारात्मक सोंचका साथ सहयोगको लागि महामन्त्री कुमार थापाले अपिल समेत गरेका छन्।

 

प्रकाशित: ४ चैत्र २०७७ ०९:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App