वीरगन्जमा एक जना चिकित्सक, नेपाली सेनाका ११ जना र एक बैंकर्ससहित वीरगन्जमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यहाँ स्थित नारायणी अस्पतालको पीसिआर प्रयोगशालाको बुधबार राति आएको परीक्षण रिपोर्ट अनुसार संक्रमित भेंटिएकाहरुमा बाराको देवतालका एक जना र रौतहट मौलापुरका एक जना पनि छन्।
६ महिलासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी गराए। संक्रमण पुष्टि भएकामध्ये ७ जनाले सशुल्क स्वाब परीक्षण गराएका ब्यक्ति हुन्। वीरगन्जमा चलिरेहको मास टेस्टिङबाट ६ जना र पहिलेका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा फेला परेका ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालका एक कर्मचारी र कर्मचारी परिवारका २ जनामा पनि संक्रमण भेंटिएको छ। नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका– १० अशोकबाटि घर भएकी मृगौला रोगी ३५ वर्षीया महिला संक्रमित छिन्। उनी नारायणी अस्पतालमा डायलसिस गराउँदै आएकी थिइन।
प्रकाशित: २२ श्रावण २०७७ ०६:२३ बिहीबार



-600x400.jpg)

-600x400.jpg)