१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

सरकार र एनआरएनबीच १० अर्बको लगानीमा सहमति

लण्डन– सरकार र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ।  राजधानीमा लगानी सम्मेलनको अवसरमा सरकार र एनआरएनएबीच सो सम्झौतामा हस्ताक्षर भएको हो। एनआरएनको लगानी सम्बन्धी सो प्रस्ताव हालै परेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो। 

एनआरएनका प्रवक्ता भूषण घिमिरेले सहमति पछि एकीकृत रुपमा एनआरएनको नेपालमा लगानी गर्ने बाटो खुला भएको जानकारी दिए। यो परियोजनामा नेपाल सरकारको समेत लगानी रहने छ। सम्झौतापत्रमा संघका तर्फबाट एनआरएन अध्यक्ष भवन भट्ट र सरकारको तर्फबाट उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले हस्ताक्षर गरेका छन्। 

एनआरएन उपाध्यक्ष तथा एनआरएन लगानी समितिका संयोजक  अध्यक्ष कुमार पन्तले सरकारसँग भएको सम्झौतालाई ऐतिहासिक भएको बताए। गैरआवासीय नेपालीको लगानी विभिन्न आयोजनामा छरिएर आउँदा ठूलो परिणाम नदेखिएकाले कम्पनी खडा गरेर एकमुष्ठ रुपमा लगाउन खोजिएको उपाध्यक्ष पन्तले बताए।

नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब र चालु पुँजी १० अर्ब रहने बताइएको छ। 

प्रकाशित: १६ चैत्र २०७५ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App