१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

एनआरएनए जापानमा लामा निर्विरोध निर्वाचित

एनअारएनए जापानका नवनिर्वाचित टासी वाङ्दी लामा। फाइल तस्विर

टोकियो (जापान)—गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको अध्यक्षमा टासी वाङ्दी लामा निर्विरोध निर्वाचित भएका छन्। उनीसँगै प्रतिस्पर्धामा उत्रिएका अनुज थापा अन्तरार्ष्ट्रिय समन्वय परिषद सदस्यमा जान सहमत भएपछि लामा निर्विरोध भएका हुन्।

'समुदायको हित मेरो पहिलो प्राथमिकता हुनेछ। गैरआवासीय नेपाली संघको आफ्नै विधि र शैलीहरुछन् तिनको फ्रेमवर्कमा रहेर म नेपाली समुदायको उन्नतिका लागि पहल गर्नेछु सुखदु:खमा साथमा रहनेछु', निर्विरोध निर्वाचित भएपछि लामाले नागरिकन्युजसँग भने।

'समुदायको हित मेरो पहिलो प्राथमिकता हुनेछ। गैरआवासीय नेपाली संघको आफ्नै विधि र शैलीहरुछन् तिनको फ्रेमवर्कमा रहेर म नेपाली समुदायको उन्नतिका लागि पहल गर्नेछु सुखदु:खमा साथमा रहनेछु', निर्विरोध निर्वाचित भएपछि लामाले नागरिकन्युजसँग भने।

एनआरएन जापानमा अध्यक्षसहित अधिकांश पदमा सहमति भएको छ। निर्वाचन समितिको पहलमा थापाले लामालाई समर्थन गरेका हुन्। महासचिवमा बुद्धिराज घिमिरे निर्विरोध भएका छन्। महासचिवका प्रतिद्वन्द्वी विश्वेश्वर रेग्मीले सहमतिमा घिमिरेलाई समर्थन जनाएका हुन्। कोषाध्यक्षमा कालिका थापा निर्विरोध निर्वाचित भएकी छिन्। सह कोषाध्यक्ष राम थापा अनिल निर्विरोध निर्वाचित भइसकेका छन्।

वरिष्ठ उपाध्यक्षमा देवीलाल भण्डारी र सहकोषाध्यक्षमा रामबहादुर थापा निर्विरोध भइसकेका छन्। त्यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा अध्यक्षका प्रत्याशी थापासहित डिलाराम खरेल, दिनेशकुमार गुरुङ, कपिलदेव थापा, केशर गिरी निर्विरोध चयन भएका छन्।

दुई उपाध्यक्ष पदका लागि पाँच प्रत्यासी रहँदा उपाध्यक्षमा निर्वाचन हुने सम्भावना छ। सरोजकुमार खत्री, द्रोणप्रसाद सिलवाल, शिवप्रसाद पौडेल, छत्रबहादुर दाहाल र जीवन न्यौपाने उपाध्यक्षका प्रत्यासी छन्। निर्वाचन समितिका संयोजक ओम गुरुङका अनुसार एक सचिव पदमा जनकविक्रम शाही र वासुदेव लामिछानेबीच प्रतिस्पर्धा हुने देखिएको छ। शाहीलाई प्रकाश थापाले समर्थन गरेपछि उनीहरु दुई बीच प्रतिस्पर्धाको स्थिति देखिएको हो। यसअघि थापाले पनि उम्मेदवार हुने बताएका थिए।

एक महिला उपाध्यक्षमा अनिता गुरुङ लामा र सविता श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। एनआरएनए आइसीसी उपाध्यक्ष भवन भट्टको अगुवाईमा सहमतिमा नेतृत्व चयन गरिएको हो। भदौ १८ गते आइतबारसम्म सहमति हुन नसके निर्वाचन हुनेछ।

दुई कोषाध्यक्ष पदमध्ये एकमा  निर्वाचित भइसक्नुभएको छ। एक सहकोषाध्यक्षमा एकल उम्मेदवारीका आधारमा अनिल थापा निर्विरोध भएका हुन्। त्यस्तै एक महिला सदस्यका लागि गीता आचार्य, सिर्जना पाण्डे र कमला गैरेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

निर्वाचन समितिका अनुसार पाँच सदस्यमा २१ जना प्रतिस्पर्धा हुने स्थिति छ। पाँच कार्यसमिति सदस्यमा उत्तमकुमार श्रेष्ठ, कुमार कार्की, नरेन्द्रराज सापकोटा, दयाराम खरेल, विक्रम खत्री, राजु पनेरु, नारायण खड्का, जगतबहादुर खड्का, डिलाराम गैरे, चेतराम गैरे, दिनेश लोहनी, बालकृष्ण कँडेल, श्याम कँडेल, टीकाराम कँडेल, लालबहादुर रावल, हस्त लामा, सोमनाथ लम्साल, डिल्लीराम सिवाकोटी, राजनकुमार पौडेल, अस्मिता लामा र सुरेश रेग्मी चुनाबी मैदानमा छन्। 

प्रकाशित: ३० श्रावण २०७४ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App