१० मंसिर २०८१ सोमबार
image/svg+xml
प्रवास

एनआरएन बेल्जियमले च्यारिटि गर्ने

काठमाडौं-  गैर आवासीय नेपाली संघ, बेल्जियमले आफ्नो सदस्यता शुल्क २० यूरो निर्धारण गरेको छ। एनआएरएन केन्द्रले गरेको पत्राचार अनुसार नेपालमा निर्माण हुन लागेको भवनको सहयोगको लागि सदस्यता शुल्क बृद्धि गरिएको एनआरएन बेल्जिएमका महासचिव लोक दाहालले बताए। एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमको अध्यक्षतामा आन्त्वारपेनमा बैठक बसेको थियो।  

एक देश एक वर्ष एक परियोजना अन्तरर्गत यहि आगामी २५ तारिख २०१७ मा नेत्र मगरको संयोजकत्वमा एक च्यारिटी कार्यक्रम ल्युभेनमा गर्ने समेत बैठकले निर्णय गरेको छ। बैठकले च्यारिटी प्रोग्राममा सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ।

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय समितिले नेपालमा निर्माणाधिन भवनको लागि बेल्जियमबाट स्वेच्छिक सहयोगको विवरण जानकारी लिन संघका उपाध्यक्ष पदम गुरुङ्गलाई जिम्मा दिएको छ।

बैठकमा एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठ, युरोप संयोजक कुल आचार्य, केन्द्रीय महिला उपसंयोजक रजनी प्रधान, युरोप उपसंयोजक प्रेम गुरुङ्ग, आईसीसीं सदस्य नेत्र मगर, जानकी गुरुङ्ग, चिजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २३ वैशाख २०७४ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App