६ आश्विन २०८१ आइतबार
image/svg+xml
प्रवास

अमेरिकामा ४८ हजार ६ सय ७० अवैध नेपाली

न्यूयोर्क – पछिल्लो समय अमेरिकामा कति नेपालीहरू बसोबास गरिरहेका छन् भन्ने तथ्यांकको अभाव भइरहँदा ३ लाख १५ हजार ९ सय ८० रहेको तथ्यांक सार्वजनिक भएको छ । 
साउथ एसियन सिसोर्स सेन्टर (सार्सिया) र सेतोपाटी ग्लोवलले संयुक्त रुपमा गरेको तथ्यांक संकलन तथा विश्लेषको आधारमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । उक्त तथ्यांक अनुसार अमेरिकामा ४८ हजार ६ सय ७० नेपाली अवैध रुपमा बसोबास गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका सबै गैरकानुनी आप्रवासीलाई आफ्नै देशमा फर्काउने अभियान चलाइरहेको बेला यो तथ्यांक सार्वजनिक भएको हो ।  

अमेरिकामा नेपालीहरूको जन्मदर १३.४२ प्रतिहजार रहेको छ । यसले प्रतिवर्ष सरदर २ सय ८० नेपाली मूलका अमेरिकनहरूको जनसंख्या वृदि भएको देखिन्छ ।

अमेरिकी सेन्सस ब्युरो, होमल्याण्ड सेक्यरिटी, स्टेड डिपार्मेन्ट, सीडीसी, विश्व बैंक, माइग्रेसन पोलेसी इन्स्टीच्यूट, इन्टरनेशनल एनुकेसन एक्सचेन्ज, ट्रयाक इमिग्रेसन, एनसीएएल र यूएनएचसीआरलगायत संस्थाहरूबाट प्राप्त तथ्यांकको आधारमा विश्लेषण गरेर उक्त संख्या सार्वजानिक गरिएको अनुसन्धानमा संलग्न एक सदस्यले बताए । उनका अनुसार सबै भन्दा बढी नेपाली टेक्सासमा १९ प्रतिशत त्यसपछि क्रमस क्यालिफोनिया, न्यूयोर्क, भर्जिनिया र मेरिल्याण्डमा रहेको तथ्यांक रहेको छ ।
 
सेन्ससले साउथ एसियन रिसोर्स सेन्टरलाई उपलब्ध गराएको सन् २०१४ को तथ्यांकमा नेपालीहरुको संख्या अनुमानित १ लाख १० हजार रहेको थियो । यसमा भिजिटर भिसामा आएका, अध्ययनका लागि आएका र अवैधानिक रुपमा स्थल मार्ग हुँदै अमेरिका भित्रिएका नेपालीहरुको संख्या समावेस गरिएको छैन ।
भिजिटर भिसा र स्थलमार्ग हुँदै अमेरिका आएर असाइलमको आवेदन दिने विश्वका मूख्य मुलुकहरुमा नेपाल ८ औँ स्थानमा रहेको जनाइएको छ । ट्रयाक इमिग्रेसनले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०१० यता प्रतिवर्ष सरदर ११ हजार ७३ नेपालीले असाइलमका लागि आवेदन दिने गरेका  र तीमध्ये सरदर ४ हजार ८ सय ७० आवेदनहरू अस्वीकृत हुने गरेको जनाइएको छ ।
रिपोर्टमा देखाएको सन् २००४ देखि पछिल्लो उपलब्ध डाटा अनुसार ४८ हजार ६ सय ७० नेपाली अमेरिकामा अवैधानिक वसोवास गरिरहेको देखिन्छ । होमल्याण्ड सेक्युरीटीको सन् २०१० देखि सन २०१६ सम्मको तथ्यांक अनुसार सन् २०१२ मा सबैभन्दा बढी १५ हजार ९ सय ८३ नेपालीले असाइलम मार्फत ग्रिनकार्ड पाएका छन् । सन् २०१४ मा १२ हजार ६ सय नेपालीले असाइलममार्फत ग्रिन कार्ड पाएका थिए । सबैभन्दा कम सन् २०१५ मा ५ हजार २ सय २६ नेपालीले असाइलम मार्फत ग्रिन कार्ड पाएको तथ्यांकमा उल्लेख छ ।

विद्यार्थी संख्याका आधारमा अमेरिका अध्यनमा आउने मुलुकमा नेपाल सातौँ नम्वरमा रहेको ईन्टरनेशनल एनुकेसन एक्सचेन्जले दिएको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार सन् २०१० देखि सन् २०१६ सम्ममा ६५ हजार ९ सय ८३ नेपाली विद्यार्थीहरू उच्चशिक्षाका लागि अमेरिका पुगेका छन् । २०१० मा सबैभन्दा बढी १० हजार ३ सय १ नेपाली विद्यार्थी अमेरिका आएका थिए । 

विश्व बैंक र सेन्ससले दिएको तत्थ्यांक अनुसार अमेरिकामा नेपालीहरूको जन्मदर १३.४२ प्रतिहजार रहेको छ । यसले प्रतिवर्ष सरदर २ सय ८० नेपाली मुलका अमेरिकनहरुको जनसंख्या वृदि भएको देखिन्छ । सन २०१० देखि सन २०१६ सम्मको जम्मा संख्या ३ हजार ४ सय ४३ हुन आउँछ । त्यसैगरी विश्व बैंक र सेन्ससले प्रतिवर्ष १ सय २५ नेपालीहरुको मृत्यु हुने देखाएको छ । सन् २०१० देखि २०१६ सम्मको मृत्युसंख्या गणना गर्ने हो भने ८ सय ८४ जना नेपालीको मृत्यु भएको छ । 
 

प्रकाशित: २३ चैत्र २०७३ ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App