९ मंसिर २०८१ आइतबार
image/svg+xml
प्रवास

युरोपभरिका एनआरएन कोपनहेगनमा, पुनःनिर्माण र लगानी केन्द्रित अन्तरक्रिया गर्ने

उद्घाटन सत्रमा सहभागी एनअारएन अध्यक्ष शेष घले (बीच), युराेप संयाेजक कुल अाचार्य (दायाँ), एफएनसिसिअाइ अध्यक्ष्य पशुपति मुरर्का एवं अाइएमइ समूहका अध्यक्ष चन्द्र ढकाल। तस्विर : चिरन शर्मा

कोपनहेगन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोप क्षेत्रीय बैठक तथा ७ औं एनआरएन महिला सम्मेलन डेनमार्ककको राजधानी कोपनहेगनमा सुरु भएको छ।

कार्यक्रम डेनमार्ककका लागि कार्यवाहक राजदूत रामकाजी खड्का, एनआरएन अध्यक्ष शेष घले, एनआरएन संस्थापक अध्यक्ष एवं संरक्षकहरु उपेन्द्र महतो, जीवा लामिछाने तथा नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुररारकाले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

बैठकमासहभागी एनअारएन संस्थापक अध्यक्ष उपेन्द्र महताे तथा पूर्व अध्यक्ष जीवा लामिछाने

बैठकमा एनआरएन युरोप क्षेत्रका २७ वटा मुलुकका प्रतिनिधि सहभागी छन्। आयोजक एनआरएन डेनमार्कका अध्यक्ष दीपक चुडालले स्वागत मन्तव्य व्यक्त गरे। कोपनहेगनलाई विश्वकै हर्षित स्थान भन्दै उनले पाहुनाहरुलाई स्वागत गरेका छन्।  स्मारिका विमाेचन गर्दै प्रमुख अतिथिहरू। 

कार्यक्रममा युरोपका राष्ट्रिय समितिका गतिविधि समेटेर तयार पारिएको स्मारिका विमोचन गरियो। शनिबार र आइतबार दुई दिनसम्म चल्ने बैठकमा शनिबार उद्घाटन सत्र राखिएकाे छ। दाेस्राे दिन अाइतबार भूकम्पपछिको पुनः निर्माण, नेपालमा व्यापार तथा लगानी अभिवृद्धि, एनआरएन नागरिकता लगायतका विषयमा छलफल हुनेछन्।

सबै तस्विर: चिरन शर्मा

प्रकाशित: १५ श्रावण २०७३ ०८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App