चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समानुपातिक तर्फ ६१ दशमलव ०६ प्रतिशत मत आएको छ । चितवनबाट दुई वटा दल बाहेक अन्यले १० प्रतिशत समेत कटाउन सकेनन् ।
काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियारको मृत्यु भएको हो।
धनुषा निर्वाचन क्षेत्र नम्बर-१ को अन्तिम मतपरिणाम घोषणा नगर्न सर्वोच्च अदालतले आदेश दिएको अवस्थामा पनि निर्वाचन अधिकृतको कार्यालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।