गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन्। आज गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन्।
कपिलवस्तुको तौलिहवा स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा नरहरी खनाललाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले ३० हजार नगद घुस सहित नियन्त्रणमा लिएको छ।