दार्चुलाको सदरमुकाम खलंगामा महाकाली नदीको बाढीले ठूलो धनजनको क्षति गरेको छ। बस्तीमै बाढी पसेर विध्वंश गरेकाले बसोवास क्षेत्रको व्यवस्थापनमा ध्यान नपुगेका कारण विध्वंश निम्तिएको हो। डेढ साता अघिको एक साता लामो बसाईले त्यो सुन्दर जिल्लाका रुपमा रहेको सदरमुकाम खंलगा छेउछाउमा गरिएको तटवन्ध पनि कमजोर देखिएको थियो। डडेल्धुरादेखि करिब २ सय १० किलोटिमर लामो मोटरसाइकल यात्राबाट त्याहाँ पुग्दा लागेको थियो -कसरी खोलाको किनारमा सदरमुकाम बनाएको होला? दार्चुलाका पत्रकार र बृद्धिजिविसँग कुरा गर्दा पारी धार्चुला र वारी दार्चुलाको बीचमा बगेको महाकालीले सिमा बनाएको रहेछ।
दार्चुलाबाट डडेल्धुरा पुगेको डेढ साता पनि पत्रकार साथीहरुले फोन गरेर अब दार्चुला बग्ने भयो भन्ने खबर सुनाए। खंलगा बग्ने खबरमा मनमा चिसो पस्यो। महाकाली उर्लिएका कारण दर्जनौं घरहरु बगेको खबरले झन दु:खी बनायो।दार्चुलाको खबर लेखिरहँदा पाँचौं दिनसम्म पनि राज्यले राहातको लागि कुनै ब्यावस्था गरेन। सायद राज्यले पनि नेपाल बन्द गरेमात्रै सुन्दो रहेछ। तर दार्चुलाबासिका लागि त्यो पनि सहज थिए। सधै भारतीय सडकको भर परेका उनीहरुले कहाँ के गर्न सक्छन र भन्ने सरकारलाई परेको रहेछ।
बाढीको कारण बुझ्दै जाँदा स्थानीय दलहरुले भारतले धार्चुला देखि करिब २० किलोमिटर उत्तरमा ७/८ बर्ष पहिले निर्माण गरेको धौलीगंगा जलबिद्युत परियोजनाको एकैपटक पानी खोलिँदा हो भन्ने बताए। नेपाली पक्षलाई कुनै जानकारी नदिई जलबिद्युत परियोजनाको ड्यामको पानी खोल्दा केही क्षति बढेको हुनसक्छ। पूरै कारण भने त्यो नै हो भन्न सक्ने अवस्था छैन।
सरकारले अर्न्तराष्ट्रिय स्तरकै छानबिन समिति गठन गरी त्यसको कारण पनि पत्ता लगाउनु पर्छ। जानकारका अनुसार धौगीगंगा निर्माणदेखि नै कमजोर प्रोजेक्ट थियो। परियोजनाका कारण भारतमा पटक पटक दर्जनौं बस्तीहरु बिस्थापित भएका छन्। सरकारले अहिले कसैलाई अरोप प्रत्यारोप गर्नु भन्दा पनि बिस्थापितहरुको उचित गासबासको व्यावस्था गर्नुपर्छ।
पाँचौं दिन हेलिक्टरबाट सदरमुकाम पुगेको मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी बिस्थापितहरु पुर्नःस्थापन भन्दा पनि पुर्न निर्माणका लागि खोक्रा कुरा गरेर फिर्ता भए। अहिले दार्चुलावासीका लागि आवश्यक भनेकेा बिस्थापितहरुको व्यावस्था र राहातको काम सुरु गर्नुपर्छ। बिस्थापितहरु सडक, मन्दिर, क्याम्पस र बिद्यालयमा बस्न बाध्य छन्। औषधीमुलो पाउन सकेका छैनन्।
सरकारले बाढी पीडित दार्चुलावासीलाई राहत दिएर घाउमा मलहम लगाउने काम गर्नुपर्छ। मान्छेकेा स्वभाव न हो जहाँ बढी सुबिधा हुन्छ त्यही गएर बस्ने। सहजै पारी भारतीय धार्चुलाबाट दैनिक उपभोग्य सामान ल्याउन सक्ने र ब्यापार पनि राम्रो हुने भएका कारण सबै महाकाली किनारमै बसे। पश्चिम नेपालको चीनसँग चोडिएको अन्तिम जिल्लाका रुपमा चिनिएको दार्चुला जडिबुढी र सस्कृतिमा सम्पन्न जिल्ला हो।
अहिले मन्दिर, क्याम्पस, बिद्यालयमा समेत समस्या देखि थालेको छ। सदरमुकामका ४७ घर, १७ टहरा र १२ सरकारी कार्यालय बगाएको थियो। एक महिला बेपत्ता छिन्। प्रशासनले संकलन गरेको तथ्यांकअनुसार १ सय ५ पक्की घर, १७ सुकुम्बासी टहरा, ४ मन्दिर र १३ सरकारी भवन बगाएको तथा १ सय ५ जोखिमपूर्ण घरका करिब ३ हजार २ सयभन्दा बढी विस्थापित छन्।
यद्यपि, बाढीका अरु कारणको पनि खोजी हुनु जरुरी छ। खलंगामा १ सय २० भन्दा बढी घर बगाइसकेको र सिंगो सदरमुकाम नै जोखिममा परेको छ। लगातार वर्षा भइरहेका कारण अरु कति थप क्षति हुने आशंका गरिएको छ। बाढीमा परेका सरकारी कार्यालयलगायत व्यक्तिका घर, सम्पत्ति, जग्गाजमिन, बालीनाली, पशुपंक्षीको क्षतिको आकलन हुन अझै केही समय लाग्नेछ। नेपाली सेनालगायत सुरक्षाकर्मीको अग्रसरतामा बासिन्दालाई बाढीग्रस्त स्थानबाट अन्यत्र सारिएको छ। खंगलामा अधिकांश घर महाकाली नदीसँग जोडिएका थिए।
सरकारी संयन्त्रले समयमै बिचार नगर्दा जोखिममा रहेको दार्चुला सदरमुकाममा तडबन्डको काम पनि हेचक्याई रुपमै गरिएको थियो। भौगर्भिक अवस्था र मानवीय गल्तीका कारण नेपालका अधिकांश बस्ती बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपको जोखिममा छन्। सरकारी पक्षको निहिरताका कारण अहिले सम्म दार्चुलामा कति जना बिस्थापित भए भन्ने पनि पुर्ण रुपमा जानकारी आउन सकेको छैन।
दुई बर्ष अघि मात्रै दार्चुला सदरमुकाम पुगेको पक्की सडकले बल्ल राज्यले दार्चुलाई चिन्न पाएको हो। तराई तथा पूर्वमा साना तिना बाढीपहिरोका घटना आउँदा पनि राज्यले धेरै गरेको हुन्छ। तर सुदूरको यो दुर्गम जिल्ला सदरमुकाम सकिँदा समेत सरकारले निहिरता देखाएको छ।
खलंगामा बाढीलेरेको विध्वंश र त्यहा"का बासिन्दाको बिचल्ली यही प्रवृत्तीको उदाहरण हो।दार्चुला नेपालको सबैभन्दा पश्चिममा रहेको जिल्ला हो। लामो समयसम्म देशको अरु भागबाट अलगथलग रहेको त्यस Ôेत्रलाई राज्यले उपेÔा गर्ने गरेको देखिएको छ।
बाढी पीडित Ôेत्रमा प्रायः विभिन्न किसिमका सरुवा रोग फैलन थालेको छन्। जिल्ला अस्पताल बगाएपछि अहिले दार्चुलामा अस्पताल छैन। बालबालिका र पाकाहरु यस्ता प्रकोपबाट बढी आक्रान्त भईरहेका छन्। बाढीको प्रकोप सहेर बा"चेको कुनै व्यक्तिको प्राण खाना वा उपचारको अभावमा गयो भने त्यो ठूलो दुर्भाग्य भईरहेको छ। यसैले सरकारले हरसम्भव उपाय अपनाएर पीडितलाई सहयोग गर्न चुक्नु हु"दैन।
यस घटनामा दार्चुलालाई राज्यले आफ्नो ठानेको प्रमाणित गर्न सके सुदूर पश्चिमका बासिन्दाले पनि मुलुकलाई पराइ ठान्ने छैनन्। पाँच दिन बितिसक्दा पनि सरकारी पक्षबाट कुनै राहात पाएका छैनन। बाढीपिडित बिस्थापितहरु भोकभोकै छन्। एक/दुई किलो चिउराको भरमा बाच्न बाध्य भएका छन्। दार्चुलाका बाढी पीडितको पुनःस्थापना कार्यक्रमदेखि नै सरकारले यस विÈयलाई गम्भीरतापूर्वक लिएर योजना बनाउनुपर्छ।
प्रकाशित: ७ असार २०७० २३:२१ शुक्रबार