साहुखलाले समाचारको विषयमा मसँग आक्रोश पोखे। उनले आफुहरुलाई विस्थापित गर्दा पशुपतिले ज्यादै न्युन मुआव्जा दिएको र शर्त बमोजिम सुविधा नदिएको र आफुले बक्यौता दिँदा समेत कोषले बुझ्न नमानेको बताए।
त्यत्तिकैमा भित्र पसेका १०/ १२ जनाको समुहमा स्थानीयवासीहरु भित्र पसे। पस्नासाथ उनीहरुले ममाथि दुर्व्यवहार गर्न खोजेका थिए। मैले पहिल्यैदेखि चिन्दै आएका स्थानीय श्यामकृष्ण संगतले रोके। कुराकानी अवधिभर उनीहरुले ममाथी विभिन्न अपशव्द प्रयोग गर्दै गाली गरिरहेका थिए। उनीहरुले मलाई समाचारको स्रोतलाई उपस्थित नगराएरसम्म बाहिर निस्कन नदिने भन्दै कोष परिसरमै घेरेर राखे। तर सो अवधीभर केही कर्मचारीहरुले मलाई स्थानीयहरुको नियत ठिक नभएकाले जतिसक्दो कोष परिसरबाट बाहिरिन सुझाव दिँदै फोन गरिरहेका थिएँ।
उनीहरुले मलाई गाली गर्दै केही युवाहरुले धम्की दिइरहेका थिए। मैले उनीहरुलाई 'समाचारमा तपाईंलाई कुनै विषयमा चित्त बुझेको छैन भने खण्डन पठाउनुस्' भनेँ तर उनीहरुले आफुहरुले खण्डन नपठाउने र समाचारमा उल्लेख भएको कर्मचारी र स्रोतलाई आफ्ना अगाडि नल्याएसम्म बाहिर निस्कन नदिने भन्दै घेरिरहे। अनि मैले स्रोत बताउन मिल्दैन भन्दा ठिक पार्ने धम्की दिए।
लामो समय नछाडेपछि मैले सम्पादकलाई फोन गरेर घटनाको बारेमा सुनाए। उहाँले नआँत्तिने र केही नहुने सुझाव दिनुभयो। कुराकानी हुँदै थियो। त्यो समयभर कोषका कर्मचारीहरु बाहिरै निस्केर घेरिएको टुलुटुलु हेरेर बसेका थिए। कोषका सदस्य सचिवदेखि सम्पुर्ण कर्मचारी त्यहीँ हुँदा समेत उनीहरु केही बोलेनन्।
म त्यहिँ रहेको अवस्थामा करिब पौने ५ बजेतिर महानगरिय प्रहरी प्रभाग गौशालाका प्रहरी निरिक्षक सन्तोषसिंह राठौंर प्रहरीको भ्यान लिएर त्यहाँ पुगे। उनीहरुले मलाई फर्कन दिइरहेका थिएनन्। राठौरको आग्रह अनुसार म उनको भ्यानमा बसेँ। अनि म उनीहरुसँगै गौशाला प्रहरी कार्यालय पुगेँ। प्रहरीले सदस्य सचिव सुशील नाहटालाई बोलाए। केही समयको छलफल पछि ६ बजे म अफिस आएँ।
मैले यसअघि पनि पशुपतिको अवैध बालुवाखानी र त्यहाँको भ्रष्टाचारको विषयमा समाचार लेखेको थिएँ। त्यसैले धेरैले त्यसैलाई कारण बनाएर संस्कृती मन्त्री मिनेन्द्र रिजाल, कोषका कोषाध्यक्ष नरोत्तम बैध लगायत मन्त्रालय र कोषका उच्च पदाधिकारीहरु मसँग रिसिएका थिए। मलाई जानकारी भए अनुसार उनीहरुले नै म पशुपति पुगेपछि स्थानीयलाई खबर गरेर बोलाएका हुन्।
प्रकाशित: २४ श्रावण २०६७ ००:२१ सोमबार