२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

आयो पनौतीका केही जात्रापर्वहरू

साहित्यकार तथा संस्कृतिकर्मी  सूर्यप्रसाद लाकोजूको नयाँ पुस्तक पनौतीका केही जात्रापर्वहरू बजारमा आएको छ।

लामो समयदेखि कविता, मुक्तक, सांस्कृतिक निबन्धमा कलम चलाउँदै आएका लाकोजूको सांस्कृतिक निबन्धहरूको सँगालो यस पुस्तकमा पनौतीको परिचय, ऐतिहासिक पृष्ठभूमि, पनौतीमा वर्षभरिमा मनाइने जात्राहरू, पर्वहरू, केही नाचहरू आदि विषयवस्तुहरू समेटिएका छन्।

पुस्तक परिचय, जात्राहरू, पर्वहरू र नाचहरू गरी विविध चार खण्डमा विभाजन गरिएको छ। पनौतीको इतिहास, संस्कृति, जात्रा-पर्वबारे जानकारी लिन, अध्ययन गर्न र बुझ्न चाहनेहरूका लागि पुस्तक उपयोगी रहेको छ। प्राचीन नगर पनौतीमा वर्षभरिमा थुप्रै सांस्कृतिक जात्रा-पर्वहरू मनाइने परम्परा छ। सोही विषयलाई निबन्धकारले अक्षरबद्ध गरेका छन्।

साहित्यकार तथा संस्कृतिकर्मी लाकोजूका सांस्कृतिक निबन्धका तीनओटा, कविताका पाँचओटा, मुक्तकका पाँचओटा, हाइकुका दुईओटा, एउटा नियात्रा, एउटा अनुवाद, तीनओटा जीवनीपरक निबन्ध र बालसाहित्यका नौओटा कृति प्रकाशित छन् भने सोही संख्यामा उनले साहित्यका विविध विधाका कृति सम्पादन समेत गरेका छन्।

प्रकाशित: २३ कार्तिक २०७९ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App