२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

बातलाबाको तेइसौं शृङ्खलामा लघुकथा

अखिल नेपाल लेखक संघले लघुकथा गोष्ठीको आयोजना गरेर तेइसौ शृङ्खला सम्पन्न गरेको छ।

‘कला साहित्यमा निरन्तर बहस’ भन्ने नाराका साथ अखिल नेपाल लेखक संघले नियमित रूपमा कार्यक्रम गर्दै आएकोमा यसपटक लघुकथा वाचन तथा नेपाल भाषामा लघुकथा परम्पराबारे आलेख प्रस्तुत गरेको छ।

अगिब बनेपालीले नेपाल भाषामा लघुकथा परम्पराबारे आलेख प्रस्तुत गरेका थिए। उनले नेपाल भाषामा लघुकथा निकै आशालाग्दो रहेको बताए।

कार्यक्रममा डा.विष्णु राई, प्रकाश तिवारी, राधा दुलाल कार्की, इन्द्रकुमार श्रेष्ठ, श्रीराम राई, लिलाराज दाहाल,डा. विनोद ढकाल र अगीव बनेपाली एकएक ओटा लघुकथा तथा कवि बच्चु हिंमाशुले कविता वाचन गरेका थिए।

समालोचक उपप्राध्यापक गोकुल पोखरेलले वाचित लघुकथाको समीक्षात्मक टिप्पणी गरेका थिए।

जित अधिकारीले चलाएको कार्यक्रममा अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदीले सहभागीलाई धन्यवाद दिंदै शुभकामना मन्तव्य दिएका थिए।  

प्रकाशित: २० कार्तिक २०७९ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App