१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

दुई महिनापछि कन्सर्टमा फर्किए जस्टिन बिबर

विश्व चर्चित गायक जस्टिन बिबर नचिन्ने सायद कमै होलान्। उनको शो नभएको पनि करिब २ महिना भयो। उनी करिब २ महिनाअघि 'रामसे हन्ट' सिन्ड्रोम नामक रोगबाट ग्रसित भएका थिए। 

उनले याे रोग लागेको आफ्नो आधिकारिक इन्स्टाग्रामबाट भिडियो पोस्ट गर्दै भनेका थिए। उक्त भिडियाेमा उनले भनेका थिए, ‘तपाईँ देख्न सक्नु हुन्छ एउटा आँखा झिमक्याउन सकिरहेको छैन। अनुहारको एक भागले मुस्कुराउन पनि सकिरहेको छैन। एकतिरको नाक पनि चलिरहेको छैन। त्यसैले एकतर्फ अनुहारको एक साइड त पुरै प्यारालाइसिस भएछ,’ यस पछि उनको कुनै शो भएको थिएन। तर उनका फ्यानहरु भने उनको स्टेज शोको प्रतिक्षामा थिए।

यसैबीच उनले रामसे हन्ट सिन्ड्रोमको संक्रमणपछि आइतबार राति इटालीको लुका समर फेस्टिभलमा पहिलो कन्सर्ट गरेका छन्। संक्रमण पछि उनकाे कन्सर्ट करिब २ महिनापछि भएको हो।  

उनले दक्षिण अफ्रिकामा दुई शो गर्नेछन् र त्यसपछि उनी 'जस्टिस वल्रड टुर'को हिस्साको रुपमा आगामी महिनामा मध्यपूर्व, एसिया, अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने प्रदर्शनमा सहभागी हुनेछन्। उनले भारतमा समेत कन्सर्ट गर्ने तयारि गरिरहेका छन्।

प्रकाशित: १६ श्रावण २०७९ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App