२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

विदेशिएका नेपालीको कथामा आधारित ‘छोराछोरी विदेशी’ म्युजिक भिडियो सार्वजनिक

विदेशमा बसोबास गर्दै आएका नेपालीहरुको पारिवारिक कथामा आधारित ‘छोराछोरी विदेशी’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

करिब सात वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन/निर्देशनमा छोराछोरी विदेशी भूमिकाको भिडियो सार्वजनिक गरेका हुन्। उक्त गीतलाई बाल कलाकार जेनिश उप्रेतीले स्वर दिएका छन्।

जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन, भोला पौडेलको मिक्सिङ छ। अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायांकन गरिएको यो म्युजिक भिडियो सम्राट क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। मूलतः यो म्युजिक भिडियोमा छोराछोरी विदेशमा हुँदा स्वेदशमा रहेको बुबाआमा तथा परिवारको पीडा प्रस्तुत गरिएको छ।

यस्तै विदेशमै रहेकाहरूको नानीबाबु र उनीहरूको बुबा आमाको पीडा तथा कथालाई पनि यो गीत र भिडियोमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा पवन गौतमको छायांकन, सुरेश राउतको सम्पादन, अक्की शर्मा र विकास सुवेदीको प्राविधिक सहयोग, उत्सव उप्रेतीको ड्रोन एवम् सुमन दाहालको निर्देशन रहेको छ।

भिडियोमा बाल कलाकार सम्राट दाहाल र समीर दाहालको मुख्य भूमिका छ। उनीहरूलाई स्थानीय बालबालिकाहरू सुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिष चन्द, सिमिट्री भट्ट, प्रिन्सी कँडेल, दिष्ना कोइराला, दर्शना कोइराला र फ्लोरिशा तिमल्सिनाले साथ दिएका छन्।

प्रकाशित: २० असार २०७९ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App