मिस नेपाल २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुख्र्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ।
केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटल र्याडिसनमा बस्दै आएकी उनलाई परिवार र आफन्तले बाजागाजासहित काठमाडौं वडा नम्बर २९ मा रहेको अनामनगरस्थित जन्म घरमा भित्र्याएका हुन्।सेतो रङको गाडीमा राष्ट्रिय झण्डा फहराउँदै आएकी उनलाई गृह प्रवेश गर्नुअघि वडा नम्बर २९ का वडाध्यक्षले खादा लगाएर स्वागत गरेका थिए।
उनले आगामी दिनमा आफूले मिस नेपालले गर्नुपर्ने कार्य कुशलतापूर्वक निर्वाह गर्ने बताइन्। आफूलाई जिताउन भोट दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै अबको आफ्नो यात्रा मिस वल्र्डको रहने र मिस वल्र्डको ताज नेपाल भित्र्याउनेमा आशावादी रहेको बताइन्।
मिस नेपाल जोशीले आगामी दिनमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विशेष पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन्।
प्रकाशित: ६ असार २०७९ ११:४१ सोमबार




-600x400.jpg)
