२ पुस २०८१ मंगलबार
image/svg+xml
कला

सगरमाथाबाट पहिलो पटक पुस्तक लोकार्पण

विश्वको सर्वोच्च शिखर सगरमाथाबाट पहिलो पटक पुस्तक लोकार्पण गरिएकाे छ। डा.बद्री पोख्रेलद्वारा अनुदित शिवपुराणको नेपाली र अंग्रेजी ग्रन्थहरु सगरमाथाबाट लोकार्पित भएका छन्।

भगवान शिवको वासस्थान हिमालय मध्येमा पनि संसारको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली-अंग्रेजी अनुवाद-ग्रन्थहरु अनावरण हुनु विश्वका अध्यात्मज्ञानमा आस्था र श्रद्धा राख्ने सबै हिन्दुहरुको लागि पवित्र र गौरवको विषय भएको बताइएकाे छ।  

डा.बद्री पोख्रेलले सबै १८ महा पूराणहरुको नेपाली अनुवाद सम्पन्न गरिकेका छन्। अंग्रेजी शिवपुराण छेवाङ काल्देन शेर्पाले र नेपाली शिवपुराण लाक्पा डेन्डी शेर्पाले २०२२ मे १३ मा सगरमाथाको चुचुरोबाट अनावरण गरेका हुन्।

प्रकाशित: २३ जेष्ठ २०७९ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App