२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

चिन्ता लाग्छ भोलि देश कतातिर जाला

मुक्तक

माया उपाध्याय

 १) मुक्तक

हिमाल,पहाड,मधेस कतातिर जाला,

हाम्रो भाषा हाम्रो भेष कतातिर जाला।

प्राकृतिक हराभरा गोर्खालीको गौरव,

चिन्ता लाग्छ भोलि देश कतातिर जाला।

 २) मुक्तक

सम्झिएर आफ्नै मझेरी,चित्त बुझाउन सिके,

दुःख–कष्ट पर्दा खेरि,चित्त बुझाउन सिकें।

नाफा–घाटा बिना नै कर्तव्यमा तल्लिन छिन्,

त्यसैले त आमालाई हेरि,चित्त बुझाउन सिकें।

 ३) मुक्तक

मौसम अनुसार पानी आउन सकेन भने,

चर्को घाममा शीतलता छाउन सकेन भने।

वसन्त ऋतु पनि देख्दै उराठ लाग्दो हुनेछ,

सुन्दर विरुवामा पालुवा पलाउन सकेन भने।

४) मुक्तक

दुख्छ घाउ कति–कति कहाँ मिल्ला र खै,

प्रहार गर्छन् सके जति कहाँ मिल्ला र खै।

सहनु सिवाय अरू के नै छ र विकल्प,

अचानालाई ओखती कहाँ मिल्ला र खै।

  ५) मुक्तक

यो मन सम्झाई–बुझाई गर्नैपर्छ मैले,

अभिनय आँसु लुकाई गर्नैपर्छ मैले।

बुझेकी छु प्यारा परदेशीको बाध्यता,

मुटु गाँठो पारेर बिदाइ गर्नैपर्छ मैले।

प्रकाशित: ५ चैत्र २०७८ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App