तुलसी पण्डित
शिलुको अपाङ्गता देखेर कक्षाको निलु मरीमरी हाँस्दै भनिन्, ‘तँ पनि पढ्न आएकी? अर्काको सहारामा स्कुल आएर साध्य हुन्छ। बरु यस्ताले खोलामा डुबुल्की मारे हुन्छ।’
निलुको यस भनाइले शिलुको मनमा चोट पुग्थ्यो। उनी सोच्छिन्, ‘के गर्ने भगवानबाट ठगिएकी म सहनै बेस होला।’
हुन पनि हो उनका दुवै खुट्टा चल्दैनथ्यो। सधैं आमाले स्कुल लाने र ल्याउने गर्छिन्।
पढ्दै जाँदा शिलुले कक्षामा प्रथम स्थान हासिल गरेपछि अरू साथीहरूको मुख टालिएको थियो तर निलुले होच्याएर भन्ने गर्छिन्,‘यो फस भएर के हुन्छ र? यसले के नै गर्न सक्थे र।’
सँगै पढेका साथीहरूले स्कुल जीवन पार गरे। सबै आआफ्नो रुचि अनुसार पढ्न गए। कतिपय साथीको धेरै समयसम्म भेट भएन।
‘ए तिम्रो रोग सामान्य जुका रहेछ। यो दवाईले सञ्चो हुन्छ। रोग पहिचान नगरी अरू औषधि चलाउँदा तिमीलाई दुख भयो।’
उठेर जान लाग्दा उनलाई दुई खुट्टा नचल्ने साथी शिलुको याद आयो। उनले भनिन्, ‘हजुरलाई देख्दा मेरो साथी शिलुको याद आयो।’
–ल तिमीले भनेकी शिलु मै हुँ त।
प्रकाशित: १० माघ २०७८ ०२:४१ सोमबार