२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला

दुलाहा-दुलही नदीमा स्नान गर्दैछन्

गजल

मजदुरहरू महलमा ढलान गर्दैछन्,

मालिक पैसाको गुनगान गर्दैछन्।

 

सुन्नु थियो मलाई अदृश्य भएर,

ककसले ककसको बयान गर्दैछन्।

 

जसले फूलको दुखाइ सहकै छैनन्,

उनीहरू काँडाको अनुमान गर्दैछन्।

 

भविष्यमा आफ्नो होलान् या नहोलान्,

किन सफरमा आएर हैरान गर्दैछन्।

 

नबिर्सदै पानी नचम्किदै बिजुली,

दुलाहा-दुलही नदीमा स्नान गर्दैछन्।

प्रकाशित: १ माघ २०७८ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App