४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

महिनादिन पछि धराैटीमा रिहा भए आर्यन खान

क्रूज ड्रग्स केसमा मुम्बईको अर्थर रोड जेलमा रहेका आर्यन खानलाई २६ दिनपछि धरौटीमा रिहा गरिएको छ।

नोभेम्बर २ मा शाहरुखको जन्मदिन हो। त्यसैले अदालतको यो फैसलालाई शाहरुखको जन्मदिनको एडभान्स बर्थडे गिफ्टको रुपमा हेरिएको छ। शाहरुखले छोरा आर्यनसँग बर्थडे सेलिब्रेसन गर्न पाउने भएका छन्।

अदालतले आर्यनसँगै मुनमुन धमीचा र अरबाज मर्चेंटलाई पनि जमानत दिएको छ। हाल अदालतले आदेशको पत्र भने दिएको छैन।  जसका कारण यी तीन जनालाई शुक्रबार अथवा शनिबारसम्म रिहा गर्ने बताइएको छ।

आर्यनलाई २ अक्टोबरमा हिरासतमा लिएको थियो। उनलाई ७ अक्टोबरमा पक्राउ गरि ८ अक्टोबरमा न्यायिक हिरासतमा राखिएको थियो। यस्तै, उनलाई ८ अक्टोबरमा जेल पठाइएको थियो। र, आज आर्यनले हाईकोर्टबाट जमानत पाएका छन्।

प्रकाशित: ११ कार्तिक २०७८ ११:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App