१७ असार २०८१ सोमबार
image/svg+xml
कला

श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा

बाल साहित्यका सर्जक श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा आएको छ। बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बुक्स हिमालयले बजारमा ल्याएको हो। मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडुन्, पारुको पढाइ, र बुबाको एसएमएस सहित ७ कथाहरु ‘पोलेको मकै’मा सङ्ग्रहित छन्। 

सर्जक गङ्गा कर्माचार्य पौडेलको सम्पादनमा रहेको बालकथा सङ्ग्रह ‘पोलेको मकै’को आवरण निकै आकर्षक छ। राजकुमार प्रजापतिको चित्र रहेको बालकथा सङ्ग्रह ‘पोलेको मकैको मूल्य रु ९९ सय रुपैयाँ रहेको छ। ‘पोलेको मकै’ को बजार व्यवस्थापन हिमालय म्याप हाउस प्रालिले गरेको छ। पहाडी भेगका विषय बस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ। 

विद्यालय तहका सबै विद्यार्थीहरुका लागि कथा सङ्ग्रह उपयोगी हुने कथाकार राईको भनाई छ। बालकथा सङ्ग्रह ‘पोलेको मकै’मा बालमनोविज्ञानलाई ध्यान दिइएको छ। कथाहरु रमाइला र शिक्षामूलक रहेको प्रकाशकको दावी छ। 

सर्जक राईको यसअघि टोली नेता (बालकथा सङ्ग्रह–२०७४),आजका लघुकथा (संयुक्त लघुकथा सङ्ग्रह–२०७४) प्रकाशित छन् । पछिल्लो समय साहित्यिक पत्रकारितामा सक्रिय राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नपा ७ सिर्जनाकुञ्जका सर्जक हुन्। 

प्रकाशित: २१ आश्विन २०७८ ००:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App