२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

पहिलो लघुकथा सङ्ग्रह ‘झिल्का’ पाँच दशकपछि पुनःमुद्रण

साहित्यकार पूर्णप्रसाद ब्राह्मणद्वारा लिखित नेपाली भाषाको पहिलो लघुकथासंग्रह ‘झिल्का’को पुनः प्रकाशन गरिएको छ। विसं २००७ सालमा  पहिलो संस्करण प्रकाशित ‘झिल्का’को तेस्रो संस्करण रत्न पुस्तक भण्डारले  २०२१ सालमा प्रकाशित गरेको थियो।

काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार अशेष मल्ल, प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ‘रोदन’ का साथै  लघुकथाका फेसबुक समूहका प्रतिनिधिहरू ‘लघुकथा कुनो’का विधान आचार्य, ‘हाम्रो लघुकथा पाठशाला’ का लता केसी, ‘आधुनिक लघुकथा मञ्च’का हरिप्रसाद भण्डारी, ‘लघकथा संसार’ का निशा केसी, ‘लघुकथा सौन्दर्य’का श्रीराम राई र ‘नमस्ते आधुनिक लघुकथा मञ्च’का शेखर अर्यालले  ‘झिल्का’   लघुकथा संग्रहको सामुहिक विमोचन गरेका थिए।

मन्तव्यको क्रममा वरिष्ठ साहित्यकार अशेष मल्लले ब्राह्मणका लघुकथा सर्वकालिक रहेको बताए। समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले साहित्यकार ब्राह्मणको यो कृति पढ्नैपर्ने कुरामा जोड दिए।

सो कार्यक्रममा स्रष्टा सुमन सौरभले लेखक कहिल्यै नमर्ने, सदा जीवित रहने गरेको प्रमाण ब्राह्मणको यो कृति भएको बताए। फेसबुकका लघुकथासम्बन्धी विभिन्न पेजका एडमिन एवं सदस्यहरू हरिप्रसाद भण्डारी, शेखरकुमार श्रेष्ठ,  निशा केसी, विधान आचार्य, त्रिलोचन ढकाल, डा. विदुर चालिसे, छविरमण सिलवाल लगायतले आफ्ना धारणा राखेका थिए।

लघुकथा समाज नेपाल  केन्द्रीय समितिद्वारा आयोजित समाजका अध्यक्ष श्रीओम रोदनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित: ९ आश्विन २०७८ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App