४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

व्यवसायी कवांको ‘मेरो जीवन यात्रा’ सार्वजनिक

भक्तपुरका विश्वराम कवांको जीवनीमा आधारित ‘मेरो जीवन यात्रा’ नामक पुस्तक विमोचन गरिएको छ। पूर्व शिक्षक एवं व्यवसायी कवांले जीवनमा भोगेका विभिन्न आयामहरु समेटिएको पुस्तक शनिबार विमोचन गरिएको हो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक कार्यक्रमबीच सो पुस्तकको विमोचन गरे।

पुस्तकमा कवांको बाल्यकालदेखि अहिलेसम्मका विभिन्न विषय, भोगाइहरु समावेश गरिएका छन्। वि.सं. २०१६ साल असोज २१ गते भक्तपुर नगरपालिका वडा नं ७ मा जन्मिएका कवांको सो पुस्तकमा ६ खण्ड रहेको छ। पुस्तकमा उनको पारिवारिक जीवन, खेलकुद जीवन, शैक्षिक जीवन, भक्तपुर काण्ड, सामाजिक कार्य र व्यावसायिक यात्राका पक्षहरु समेटिएका छन्।

पेशागत रुपमा सुरुमा शिक्षण पेशा रोजेका कवां शिक्षण पेशाबाट सेवा निवृत व्यक्ति हुन्। निवृत भएपछि व्यवसायिक जीवनसुरु गरेका कवां व्यवसायी र समाजसेवीसमेत हुन्। पुस्तकको विमोचन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वरामको पुस्तक समाजका लागि प्रेरणादायी रहेको बताए।

लेखक कवांले पुस्तक समाजको लागि प्रेरणादायी होस् भनेर प्रकाशन गरेको बताउँदै पुस्तक बिक्रीबाट उठेको रकम सुस्त मनस्थिति अभिभावक संघलाई सहयोग गरिने बताए। पुस्तकको सम्पादन पत्रकार कृष्ण किसीले गरेका हुन्।

प्रकाशित: २६ भाद्र २०७८ १२:०१ शनिबार

भक्तपुर विमोचन