२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

तिमी छ्यौ र पो दिनकै उपहार आउँछ

गजल

बोधराज पौडेल

तिमीलार्ई देख्दा मात्र यता बहार आउँछ,

तिमी छ्यौ र पो दिनकै उपहार आउँछ।

जूनले पनि सन्देश पठाएको छ बिहानै,

तिमी र म भएरै त जीवनको सार आउँछ।

नसम्झिएको पल कुन हो थाहा छैन,

त्यसैले त बारम्बार तार आउँछ।

तिमी फूल दिएर पठाउँछ्यौ बिदाईमा,

उताबाट फर्किदा सुनको हार आउँछ।

प्रकाशित: २१ भाद्र २०७८ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App