३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला

वर्षौंदेखि सपनाको बेहुला–बेहुली बनिरह्यौं

गजल

रामधन वेदना

 

शब्दहरू रित्तिएर, बोली हराएको मान्छे म।

हिजैसँग लुटिमाग्दा, भोलि हराएको मान्छे म।

 

विश्वासको खडेरीले धाँजा फाट्यो मनहरूमा।

वाचाहरूको ठेली बोक्ने झोली हराएको मान्छे म।

 

वर्षौंदेखि सपनाको बेहुला–बेहुली बनिरह्यौं

मिर्मिरेमा बेहुली बोक्ने डोली हराएको मान्छे म।

 

बाह्र वर्ष नपुगी नै किनार छाडी फर्किगयो।

दुःखसुख सँगै बग्ने खोली हराएको मान्छे म।

 

हराइसक्यो, आफूसँग भएभरको हराइसक्यो।

यस्तो लाग्छ दुई दिने चोली हराएको मान्छे म।  

प्रकाशित: ३२ श्रावण २०७८ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App