२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

नयन कस्ता चिम्म नगर्ने स्वयम्भू जस्ता

छेस्का

ओम आचार्य

 

 १)

मागेका चरू

गरे हवन

बटुकहरू।

 २)

नयन कस्ता!  

चिम्म नगर्ने  

स्वयम्भू जस्ता।

  ३)

बिउ त कुह्यो  

काफल पाक्यो  

चाट्यो कि थुक्यो।

  ४)

ढुङ्गामा जरा

बढ्दैन वृक्ष

न नाच चरा।

 ५)

फुलेर फूल

आँखाको तारो  

गरेछ भुल।

  ६)

नेताको शर्त  

खोज्न नै व्यर्थ  

बोलीको अर्थ।

  ७)

जुन झारेको  

स्वार्थ साधना

स्वाङ पारेको।

  ८)

बाहिर भित्र  

रातो र पिरो  

खुर्सानी मित्र।

 ९)

अर्कैको भई

जित्ने र हार्ने  

जोईकी पोइ ?

    १०)

ताली र गाली  

थाप्दैछन् थाली

रजौटे माली।

 – अर्घाखाँची।

प्रकाशित: ३१ श्रावण २०७८ ०३:१७ आइतबार

अक्षर