१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

कृष्ण बाउसेका दुई बालकविता

बालकविता

कृष्ण बाउसे

 

 

 १) पानी  

मूल भै फुट्छु

तलतिर कुद्छु

 

सिमसारमाथि

उँघीउँघी सुत्छु।

 

दहमा बस्छु

नदी भै बग्छु

 

खेत गरामा

डुलीडुली पस्छु।

 

बादल हुन्छु

हिउँ भै जम्छु

 

वर्षा भएर

मैलो धुन्छु।

 

चुम्बन गर!

तिमी मलाई

 

म तिमीलाई

जीवन दिन्छु।

 

 २)  किताब

 

ज्ञानी भई पढ्नेको

झोलाभित्र पस्दछु

 

अनपढलाई चिन्दिन

बरु निदाई बस्दछु।

 

थरीथरी अक्षर

पानाभरि कुँद्दछु

 

धेरै पाना मिलेर

चाङ भई सुत्दछु।

 

हिउँ धेरै थुप्रेर

बन्छ हिम–आलय

 

मेरा आफ्नै घर हुन्

सबै पुस्तकालय।

 

हाम्रा भेट्ने चौतरी

किताबका पसल

 

तिमीलाई भेटेर

ज्ञान दिन्छु असल।

प्रकाशित: १० श्रावण २०७८ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App