१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

सोचाइ

लघुकथा

विनोद नेपाल

 

उनी साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका स्थापित लेखक। पुरानो पुस्ताका भएर पनि प्रविधिमैत्री। पुराना र अग्रजदेखि समकालीन, नयाँ पुस्ता र सिकारुहरू समेत थुप्रै साथी थिए सामाजिक सञ्जालमा उनका।

उनी दिनदिनै केही न केही पोस्ट गर्थे। कहिलेकाहीँ त कथा,कविता,गजल,गीत, मुक्तक समेत दुई चारवटै रचना पनि राख्थे।

‘सिकारुले जस्तो के यो सामाजिक सञ्जालमा पोस्ट गरिराख्नुभा’को ?’

‘त्यत्रो कृति प्रकाशित गरेको, पुरस्कार, सम्मान पाएको व्यक्ति यति सस्तो बनाउनु हुँदैन क्या’– एकदिन समकालीन लेखकले फोनमा भने।

‘जिन्दगी एउटा पाठशाला हो। मानिस हरक्षण केही न केही सिकिरहेको हुन्छ। पुरस्कार, सम्मान र कृतिका कुरा आफ्नो ठाउँमा छन् । हरक्षण केही गर्नुपर्छ भन्ने मेरो धारणा छ’ र सक्रिय रहेको जानकारी गराउन पनि समयले ल्याएको प्रविधिसँग जोडिनुपर्छ भन्ने मेरो मान्यता छ। म यसैमा रमाउँछु’ ‘सोचाइ आआफ्नो हो, माफ गर्नुहोला। यहाँको विचारसँग सहमत हुन सकिन।’

उनी बोलिरहेका थिए, एकाएक मित्रको फोन काटियो।

प्रकाशित: ९ श्रावण २०७८ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App