२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

व्यापार

लघुकथा

कमला घिमिरे

 

कुनै समय एउटा किराना व्यापारी थियोे। यो व्यापार गर्दा कति सामान किरा, मुसाले खाने र अन्य धेरै प्रकारले नोक्सान हुन थालेपछि आफ्नो व्यवसाय परिवर्तन गर्छु भन्ने सोच्यो र कपडाको व्यापार गर्ने निधो गर्यो। किनकि खानापछि दोस्रो अत्यावश्यक चिज कपडा लगाउनु पनि हो।

यसरी उसले कपडाको व्यापापार सुरु गर्यो। कपडाको व्याापार गर्दै जाँदा केही समयमा पहेँलो र हरियो रङका कपडाहरू गोदाममा धेरै बाँकी रह्यो किनकि त्यो रङ्गको कपडा ग्राहकको रोजाइमा परेन।

उसले सोच्न  थाल्यो, ‘कसरी यो सामान बेच्ने होला!’

उसले जुक्ति लगायो। दुईचार जना आफन्तलाई ती रङ्गका कपडाहरू निशुल्क वितरण गर्यो र भन्यो– यो श्रावण महिना भगवान् शिव र कृष्णको प्यारो महिना हो। भगवान् शिवलाई मन पर्ने रङ्ग पहेँलो र भगवान् कृष्णलाई मन पर्ने रङ्ग हरियो हो। यो महिनामा पहेँलो र हरियो  रङ्गको वस्त्र र सौभाग्य ( चुरापोते ) लगाएर व्रत, पुजा गरे भगवान् प्रसन्न हुन्छन् र मनोवान्छित फल प्राप्त हुन्छ।

यो कुरा एक कान, दुई कान हुँदै बजारमा व्यापक भयो र व्यापारीको सबै स्टक सामान बिक्री भयो। प्यारा भक्तजन अन्यथा नमान्नुहोला। म पनि भगवानमा विश्वास गर्ने (आस्तिक ) मान्छे नै हुँ। त्यसैले अनावश्यक हल्लाको पछि लागेर सामान किनमेल गर्नुभन्दा आफ्ना श्रद्धाले चाडपर्व मनाऔँ।

प्रकाशित: ६ श्रावण २०७८ ०५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App