गोविन्दबहादुर कुँवर
आज बाख्रा काँ लाने ?
‘पारी पाखामा’
हैन, बरु लैजाऊँ है !
काली पाखामा
हामी पनि खाउँला
कटुस टिपेर
बाख्रालाई नि दिउँला
खिर्रा खिपेर
कर्कलाको पातमा
पानी पिउने हो
तिँदु पनि टिपेर
बाँडी खानी हो
घमौरुको काँडा त
कति तिखो रे
अमला खाएपछि
पानी मिठो रे
गोधूलिमा बाख्रा छेकी
घर लानी हो
आमाले दिएको
खाजा खानी हो।
– सुन्दरबजार, लमजुङ।
प्रकाशित: ६ श्रावण २०७८ ०३:२४ बुधबार