१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

लुत्तो

लघुकथा

बालकृष्ण गजुरेल 

 

मेलम्ची नदीले घरखेत लगेपछि परिवार बिचल्लीमा पर्‍यो। दिनहुँ झझम झरी पर्न थालेपछि पुरानो घरको  कम्ताको याद  आएन।  हुन  पनि कम्युटर होस् या मान्छेको मेमोरी अधुरा कुरा याद आउने रहेछ। त्यही भएर प्रेममा भएका बिछोड मान्छेले मृत्युशय्यासम्म सम्झने रहेछन्।

सुकुम्बासी बन्नु बाध्यता थियो। “म देशमा छु या छाडा बजारमा छु ?”  मनभरि तर्कनाहरू थपिए । देशमा रहेको  भए क्षमता, योग्यता र अस्तित्वको पह्रिचान हुनुपर्ने हाे। राज्यको भान हुनुपर्ने हो। साउनको सङ्क्रान्तिमा हरिबिजोगको अवस्था आयो। आँखा रसाए। दिदीबहिनी बोलाउन सकिएन।

“होइन बाबू , आज साउने सङ्क्रान्ति , हँसिलो खुसिलो हुनुपर्छ।  किन यति सारो झोक्राएको ?” साहिँलो काकाले आँगनमा आगो बाल्दै सोधे। 

“ के गर्नु काका ? माहोल पीडादायक बनेपछि चाडबाड पनि खल्लो लाग्दो रहेछ।”

काकाले अगुल्टो झट्टी हान्दै भने, “ देशलाई  लुत्तो लागेपछि यस्ता सानातिना खटिरा देखापर्छन्  बरु लुत्तो फ्याँक। भोलि भाग्यले कोल्टो फेर्न सक्छ।”  

प्रकाशित: १ श्रावण २०७८ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App