२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

पुतलीको बिहे

बालकविता

विश्व विनोद

 

पुतलीको बिहे

गुडियाको दुलाहा

नयाँ हाम्ले खोजेर

पुतली हो दुलही

पञ्चै  बाजा ठोकेर

जन्त हिँड साथी हो

खेल्ने त्यहीँ माथि हो

 

बोक साथी तिमीले

राम्रोसँग ताम्दानी

टिकाटालो होला नि

ठूलै होला आम्दानी

दुलहीलाई सजाउ

पञ्चै बाजा बजाउ

ढिलो होला साथी हो

खेल्ने त्यहीँमाथि हो

 

माटो खनी बाटाको

खानेकुरा पकाई

भोज खाऔं साथी हो

चिउँडोमा लगाई

खेलौंखेलौं साथी हो

यस्तै खेल्नु जाति हो।

 

झ्याउरे गीत गाएर

लौन खै त नाचेको

लाज मान्नु हुन्न नि

हरे किन हाँसेको

नाचनाच साथी हो

यस्तै खेल्नु जाति हो

साँझ पर्न लाग्यो नि

सूर्य टाढा भाग्यो नि

पञ्चै बाजा बजाई

दुलहै नानी लजाई

अन्माएर दुलही

घर फर्कों साथी हो

यस्तै भोलि खेल्ने हो,

अहिलेचाहिं राति भो,  

यस्तै खेल्नु जाति हो,

भोलि भेटौं साथी हो।

प्रकाशित: १ श्रावण २०७८ ०३:३४ शुक्रबार

अक्षर