२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

लक्ष्मी पोखरेलभित्रकी लक्ष्मी

समीक्षा

ममता मृदुल

 

नेपाली भाषा साहित्यको अग्लो शिखर चढ्न सजिलो छैन। सगरमाथाभन्दा अग्लो भाषा साहित्यको शिखर चढ्ने आँट चानचुने आँट पनि हैन । यो थाहा पाए पनि शिखर चढ्न तयार हुनुभएकी स्रष्टाको नाम लक्ष्मी पोखरेल भन्न मन लाग्यो। मन त मनै हो जे पनि लाग्न सक्छ। यस्तै मन लाग्ने क्रममा लक्ष्मी पोखरेलले पनि आफ्ना यात्राको क्रममा भएको रमाइला पललाई  समेटेर तयार गर्नुभएको तीर्थाटन बेग्लै रोमान्चक कृति हो। यो कृतिमा मात्र तीर्थका कुरा छैनन्। त्यहाँ मिसिएका मनका छालले समुन्द्रको छाललाई समेत पराजित गरेको छ। लक्ष्मीको ईश्वरप्रतिको आस्थालाई भगवान् ले नियालेर मुस्कुराएको महसुस हुन्छ।

तीर्थ जानु भनेको मन्दिरमा गएर मूर्ति हेरेर आउनु मात्र हैन। मूर्तिभित्रको भगवान् खोज्ने क्षमताको पनि परिक्षा हुनु हो। प्रयाग गएर त्रिवेणीमा नुहाउनु भनेको शरीर बाहिरको मैलो पखाल्ने मात्र हैन आत्मा पनि पखाल्न सक्नुपर्छ। गंगाजलको थोपाले घर पवित्र हुन्छ भने  चोबलेको शरीर कति पवित्र होला !

]

लक्ष्मी पोखरेलको ‘तीर्थाटन’

 दया, माया र क्षमाको बीचमा भौतारिएको  चेतनशील मानवलाई कुनै रोगले डराउन सक्दैन। धक फुकाएर प्रसाद खान सक्ने कुरा छ। मान्छे प्रकृतिको काखमा बेस्सरी रमाउँछ।  यो सत्य हो। आफ्ना मनका अधुरा इच्छा पूरा गर्न ईश्वरको सहारा लिन्छ । चाहना मनभरि बटुल्छ। सबै पूरा नहुन पनि सक्छ। तैपनि चाहना राख्छ  कैयन पीडा सानो खुसीको चाहनामा सहन्छ। यो कुराले कहिलेकाहीँ नराम्रा मोडमा पनि पुरयाउँछ । वृध्दाश्रमको पीडा जब कागजमा छरिन्छ। कताकता मुटु चस्किन्छ। आँसुले नयन टिलपिलाउँछ। यो पलको बारेमा जब लेख्न बसिन्छ नसोचेको मोडमा जीवन टुगिंनु हो जस्तो लाग्छ।

जीवन यात्रा हो। यहाँ रोमान्चकता र कौतुहलता हुन्छ। कसरी यात्रा पूरा गर्ने उत्साह मिश्रित डर पनि हुन्छ। जस्तो भए पनि यात्रा एकदिन सकिन्छ।

यो पुस्तकभित्र मैले लक्ष्मी भित्रको अर्को लक्ष्मी पाएकी छु । नाम लक्ष्मी राख्दैमा लक्ष्मी हुन सकिँदैन। अरबौको मालिकको नाम गरिबनाथ र धनेले बाटोमा भिख मागेको पनि देखिन्छ  तर यहाँ नाम अनुरूपकी लक्ष्मीसँग साक्षात्कार भएको छ।

सोह्र शीर्षक राखेर लेखिएको तीर्थाटनमा सबैमा कौतुहलता रोमान्चकता र सहयोगी मनको मिलन देखिन्छ। एक अर्काप्रतिको विश्वास र सहयोगी भावले यात्रा सहज हुन्छ। खुसी हुन ठूलो कुराको आवश्यकता पर्दैन। सानो कुरामा पनि उत्पात रमाउन सकिन्छ। बाँडेर खाएको अलिकति नुनले दिनभरिको खानाको माग पूरा गर्छ। लाखौंमा किन्न नसकिने पलहरू समेटेर यो कृति तयार गरिएको छ। लाग्छ ,सारा जीवनका खुसी यही छ। कृति पढिरहूँ लाग्ने छ। यस्ता कृतिले यात्रा गर्न उक्साउने छन्। कसरी जानुहोला भन्नेलाई ए सजिलो पो रहेछ जान्छु भन्ने विचार उत्पन्न गराउने क्षमता राखेको छ। तीर्थाटन कृति प्रकाशित हुनु राम्रो काम हो। सकारात्मक सोचको उपज हो। राम्रो काममा लागेको मनको बारेमा गफ गर्नको मजा बेग्लै हुन्छ यहाँ राम्रा काम पनि धेरै गर्न सकिन्छ भनेर बारम्बार आफूलाई अगाडि बढाइरहनु हुने स्रष्टा र उहाँको कामको बारेमा लेख्नलाई मलाई केहीले रोकेन भन्दै लक्ष्मी पोखरेलको कलम यात्रा निरन्तर बढिरहोस भन्ने कामना गर्दै बिदा चाहन्छु।  

प्रकाशित: ३१ असार २०७८ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App