१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

कोरोनाको त्रास

कविता

हिमानी पुरी,

कक्षा –१०, 

पाठशाला नेपाल फाउन्डेसन, बानेश्वर।

 

कोरोनाको धेरै प्रभावले विश्वभरि फैलिएको छ त्रास

सोच्छन् सबै पक्कै गर्छ कि मानवकै नाश

यसको संक्रमण नियन्त्रण गर्न गरिएको छ लकडाउन

गरिबदुःखीले जीवन धान पैसा कहाँबाट पाउन् ?

 

निस्कन नमिल्ने घरबाहिर बिहान होस् या साँझ

स्वास्थ्यकर्मीको छ महत्त्वपूर्ण भूमिका विश्वमाझ

सम्पूर्णलाई बेफाइदा भए पनि सुरक्षा अपनाउनु छ जरुरी

विगत वर्षदेखि घेरिएको छ यो महामारी।

 

संसारको इतिहासमै पहिलोपटक हो यस्तो भएको

सम्पूर्ण मानवजातिले खतराको महसुस गरेको

विश्वभरि मरे झन्डै चालीस लाख निर्दोष

सरिहाल्ने कोरोनाको प्रवृत्ति नपु¥याएमा होस ।

 

थाहा भएन कसैलाई यस भाइरसको उत्पत्ति

स्थायी समाधान भेटिएन खर्च गरे पनि सम्पत्ति

यसको अनुभवबारे सबैको छ भिन्नभिन्न विचार

मृत्युदर बढेको छ भन्छ सधैँ समाचार ।

 

यसबाट बच्न निर्वाह गर्नुपर्छ हामीले आचार

दृढ रूपमा लागिपरेकाले निकाल्नेछन्  छिट्टै उपचार

आफ्नो समय खेर नफाली सक्दो गरौँ उपयोग

स्वार्थी नभई निर्धक्क गर्नु अरुलाई सहयोग।

 

हाम्रै लापरबाहीले सबैतिर बढ्दै छ यसको रूप

एउटा भेरिएन्ट गएपश्चात्  लिएर आउँछ अर्को स्वरूप

सुरक्षाविधि नअपनाए समाप्त हुन्छ हाम्रो अस्तित्व

त्यतिबेला मात्र बुझिन्छ अमूल्य जीवनको महत्त्व। 

प्रकाशित: ३० असार २०७८ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App