रञ्जुश्री पराजुली
ऐना हेर्दा सानो भाइ
आँखा झिम्क्याउँछ
आफू जस्तो अर्को देख्दा
ताजुब भई हेर्छ
जिब्रो देखाई हात हल्लाई
जिस्क्याउँदै खेल्छ
कहिले फेरि मुख बङ्ग्याई
गिज्याउन थाल्छ
ऐनाभित्र अरू हैन
आफ्नै छायाँ भन्ने
थाहा छैन ऐना हेर्दा
आफै देख्छ भन्ने
ऐना हेर्दा बाबुलाई
रमाइलो लाग्छ
ऐनासँगै रमाएर
खेल्न मन लाग्छ
कहिले जिब्रो देखाई
आफैंसँग जिस्किन्छ
कैले भने कर्के नजरले
चिहाएर हेर्छ।
प्रकाशित: ३० असार २०७८ ०३:५४ बुधबार