२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

जवाफ

लघुकथा

 मिना श्रेष्ठ सवि 

 

विक्रम सधैं कलेजबाट आएपछि कोठामा पसेर नृत्य गरेर मात्र खाना खान्थ्यो। उसका हजुरबाले सधैं कराउनुहुन्थ्यो, ‘पहिला खाना खा अनि जे गरे नि गर्नु’ भने पनि मान्दैनथ्यो। अटेर गर्दथ्यो।

 भन्थ्यो, ‘अहिले टिकटकको जमना छ। मेरो टिकटकमा लाइक र भ्यूज कति धेरै आउँछ , हेर्नुस् त’ भन्दै देखायो।

 यसरी नै केही दिन बित्दैथ्यो।उसले फेसबुकतिर हजुरबाको टिकटक देख्यो। हजुरबाको टिकटकमा हजारौं लाइक, कमेन्ट र भ्यूज देखेर छक्क पर्यो। 

ऊ हजुरबानेर गयो अनि सोध्यो, ‘हजुरबा, हजुरले पनि टिकटक बनाउनुभएको रैछ त ?’ 

बुढाले भने, ‘स्कुल पढ्न पठाएका केटाकेटीहरू पढ्न छाडेर टिकटकमा रमाउन थालेपछि म रिटायर्ड भएर बसेको फुर्सदिलो बूढो दिनभर के गरेर बसूँ त नि ?’

प्रकाशित: २८ असार २०७८ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App