लघुकथा समाज नेपालले प्रदेश स्तरीय समितिको गठन गर्दै आफ्नो अभियानलाई अगाडि बढाएको छ ।
समाजले सोमबार साहित्यकार वनमाली निराकारको अध्यक्षतामा लुम्बिनी प्रदेश समितिको गठन गरेको छ । उक्त गठित समितिको उपाध्यक्षमा लघुकथाकारहरू ऋचा लुइँटेल, सचिवमा निर्मल ढुङ्गाना र कोषाध्यक्षमा मन गहिरेलाई चयन गरिएको छ।
समितिको सदस्यहरूमा साहित्यकारहरू विजय सागर, रुद्र ज्ञवाली, सुमित्रा न्यौपाने र ईश्वरीप्रसाद पोखरेल चयन भएको समाजका केन्द्रीय अध्यक्ष श्रीओम रोदनले जानकारी गराएका छन्।
प्रकाशित: १५ असार २०७८ १२:४४ मंगलबार