जयन्ती स्पन्दन
कोरोनाको मारमा
बसें आफ्नै घरमा
पढें , लेखें रमाएँ
भाइलाई खेलाएँ
कैले फूलबारीमा
बरण्डा र छतमा
अनलाइनको क्लासमा
गृहकार्य माथमा
बाबासँग सोधेर
गृहकार्य सकेर
कोरोनाको खबर
टिभि हेर्ने रहर
सफा भई बसें
हात – मुख धोएर
आमालाई सघाएँ
भान्साभित्र पसेर
जति बोर लागे नि
निस्कन्न म बाहिर
रोगलाई जित्नु छ
मानव चित्र कोर्नु छ।
प्रकाशित: १२ असार २०७८ ०६:१२ शनिबार