२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

त्यो ऊ थियो

लघुकथा

लक्ष्मीप्रसाद पौडेल

 

दुईचार वर्षअघि बितेका उसका बाबुआमा ‘तँ होस् र म हूँ’ को दैनिक छलफलमा आइरहे,  ‘भिखारी, पाखेको सन्तान ।’

उसको दिमागले सहन सकुन्जेल प्रतिवाद गरिरही। अति भएपछि मनको औषधि गर्न घर छोडर हिँडी।

ऊ गएदेखि ऊ खोजीमा निस्कियो । सन्तान थिएनन्, रातमा त्यही छानोमा फर्किहाल्नुपर्ने बध्यता टरेको थियो। खोज्दाखोज्दै नखोजेको वस्तु भेटायो।

पहिलेको भन्दा तिक्खर थियो स्वाद ।  निर्लज्ज बनेर दुई छाक टार्यो ।  खल्ती साघुँरिदै गयो, छोडेर भाग्यो। माल पाएर चाल नपाएको यस्तालाई भन्दा हुन्। माल एउटै दाम फरक। एकपटक ठूलो स्वरले सोच्यो, ‘के त्यत्ति हो त त्यसको प्रयोजन ।’

भन्यो, ‘अन्यथा गरेछु क्यार सुन्तलीमाथि ।’ 

बाटोका बटुवालाई सोध्यो, ‘मेरी सुन्तली देखेका थ्यौ ?’

बटुवाले भन्यो, ‘अब घाँस खाएर बाँच।’  

सुकेको झारको त्यान्द्रो हिजोको दाँत कोट्याउँदै थियो ।

‘थु कति गन्हाएको’ , थुकेर फाल्छ । बाहिरको फोहोर त फालिस् पेट र मनभित्रको डङ्गुर के गर्छस्’ दिमागले सोध्यो । मन हावी थिया।े दिमागलाई टेरेन।

ऊ फेरि खोजीमा निस्कियो।  

कतैबाट आवाज सुन्यो, ‘रामेले लात्तैलात्ताले स्वास्नी भक्कु कुटेछ । सेतीमा हामफालिछ।’

उसले त बोलीले कुटेको थियो। ढुक्क भयो। तैपनि चित्त बुझाउन सेती किनारमा गयो। एक अर्कामा अंकमाल गरेका एक जोडी बाढीको अवशेषसँगै किनारमा उत्रेका थिए। धेरै रमितेहरूको जोडी मोवाइलमा समाचार कैद गर्नमा अलमस्त थियो। वारेसको अत्तोपत्तो थिएन । ऊ थक्क भयो।

पर किनारमा जोडीविहीन एउटी महिला हातमा केही  लिएर टुक्रुक्क बसेकी जस्ती थिई । एक्ली देखेर ऊ उतै लस्कियो। चिनेचिने जस्तो गर्यो। उसले चिनिन। एकछिन कुर्यो, कुनै हलचल भएन । छोयो, चिसो लाग्यो। उठाउन खोज्यो, पल्टियो ।हातको वस्तु भुइँमा खस्यो । त्यो ‘ऊ ’ थियो ।

प्रकाशित: ११ असार २०७८ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App