२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

जोकर

कविता

विवि याक्खा

 

कहिले पेट मिचीमिची हाँस्छौ

कुरा काटेर खित्का छाडेर खित !

उस्तै परे डल्लो परिञ्जेल ताली पिटेर

कुनै बेला मलाई बौलाहा सावित गरेर

मौका पाए एक्लो बनाएर मजाक उडाई

सबथोक यति नै सम्झेर यस्तै हर्कत गर्छौ

 

खालि ठान्छौ ‘म एक जोकर’

जो सर्कसमा सधैं ढडी पारेर हँसाऔं

 

म तिमीझैं मात्रै भिडको सदस्य हैन!

अरूको सपना र चाहनामा बाँच्ने छैन  

भुलभुलैयामा हराउने बेसुरा पनि हैन

कसैको पञ्जामा बस्ने कुनै दास हैन!

तिम्रा लागि यसैले म एक ‘जोकर’ ।

 

सबै सबै तिमीलाई बेकार लाग्ला!

भ्यागुतोले कुवा नै दुनियाँ ठानेझैं  

यसमा गुनासो छैन तिम्रो बुझाइ हो

किनकि तिमी बदलिन चाहदैनौ।

थाहा छ मलाई बकवास मान्दछौ।

 

म त एक क्रान्तिको चिराग हुँ

अन्यायको विरुद्ध बोल्ने गर्छु

जस्तो  कुसंस्कार ध्वस्त पारौं  

भ्रष्टहरूलाई छिचिमिराझैं पोल्नु सकौ

सयौं शहीदका सपनाहरू साकार पारौ

साँच्चिकै नयाँ नेपाल निर्माण गरौ।

यसैले म पृथक् छु  भिडहरूभन्दा!

तिमीहरूजस्तैका लागि चै खालि ‘म एक जोकर।’

प्रकाशित: ११ असार २०७८ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App