१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

जय पाथीभरा माता

भजन

सविना पोखरेल

 

जय, जय, जय पाथिभरा माता जय जय जय

तिम्रो दर्शन गर्छौं रमाउँदै हामी

दर्शन देऊ माता खुसी हुन्छौं हामी  

राख चरणमा पाथिभरा माता जय जय जय

 

चिप्लिने माटो साँघुरो बाटो आउँदैछौं पहाडी थुम्कोमा

उकाली –ओराली अप्ठेरो नमानी हिँड्दैछौं भेट्ने रन्कोमा

रातो पहिरन सुनको गहनामा सजिएकी तिमी माता

तिम्रो चरणमा आशिष लिन आउछौं  हामी माता

 

आकाशे छानो रूखको आड घामपानीमा भिजेर

सदियौंदेखि बसेकी छ्यौ माता भक्तको मनमा फिँजिएर  

दुख–कष्ट हर्ने साक्षत् देवी पाथिभरा माता जय जय जय

दर्शन देऊ सन्तानलाई मातृशक्ति माता जय जय जय !

प्रकाशित: २९ जेष्ठ २०७८ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App