२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

कुवाजस्तो होइन जीवन, गतिशील खोला हो यो

मुक्तक

मिलन समीर 

           १)  

सालिकझैं दोबाटोमा ठडिएर बसेको छु,

खुला किताब जस्तैगरी पढिएर बसेको छु ।

अहिलेसम्म यो बिरानो मुलुकमा तिमीबिना,

थाहा छैन खै कसरी अडिएर बसेको छु ?

             २)  

हिंड्दाहिंड्दै पाइला अन्तै मोडिएर बाँचेको छु,  

एउटा मुटु दुईतिर जोडिएर बाचेको छु।

माया गर्ने मान्छे साथमा नभैदिँदा यस्तो लाग्छ –  

आज आफू आफैंबाट छोडिएर बाँचेको छु ।

             ३)  

कुवाजस्तो होइन जीवन, गतिशील खोला हो यो,  

जे आँट्यो त्यही पुर्याइदिने मनचिन्ते झोला हो यो ।

बोलीसँगै व्यवहार गर्दा सधैं सम्झिराख्नु !

अजम्बरी कोही छैन, मरिजाने चोला हो यो।

            ४)

धकेलेरै अघि सर्छन् , मरिलानु के नै छ र ?

पाइलैपिच्छे काँडाा छर्छन् , मरिलानु के नै छ र ?

चिताको लास सोच्दै थियो – धनकै लागि मान्छेहरू,  

मरिहत्ते किन गर्छन् , मरिलानु के नै छ र ?

             ५)  

अन्धभक्त, लम्पटदास हुँदै गए गणहरू,

कुरा मात्रै गरी खेर फाले हरेक क्षणहरू।  

समृद्धिको दिवास्वप्न देखाउँदै निदाएर,  

अहिलेसम्म बिउँझिएका छैनन् कुम्भकर्णहरू।

प्रकाशित: २५ जेष्ठ २०७८ १३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App