२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

कथा

कविता

देविस अर्याल 

एउटा कथा च्यातेर  

अर्काे नयाँ कथा लेख्छ्यौ र?  

तिमी एउटा सिन्दूर मेटेर

अर्को रेखा कोर्छ्यौ र?

तिमी  

घाउ र चोटहरूको दाग लिएर  

अर्को प्रेम युध्द लडछ्यौ र ?

तिमी

खै मञ्जुर भएर नाच्ने छौ  

या  

लाटोकोसेरो भएर उडने छौ

वा  

डल्फिन भएर पौडिने छौ या  

डालीमा एक्लै ढुकुर भएर घुर्ने छौ

थाहा छैन,सजिलो छैन,

आकाशमा परेवा भएर उडे पनि

जमिनमा मृग भएर चरे पनि

नदेखिने गरी लुकिरहेका हुन्छन्  

व्यधा र सिंहहरू

तर  

कंगारुले जसरी हुर्काउनु छ  

छोराछोरीहरू  

फरक छ नि हगि  

जिन्दगी जिउनेर

भन्ने वास्तविक कथाहरू

हो कस्ले पढछ र?

नलेखेका कथाहरू

कसले हिँड्छ र ?

अँध्यारा बाटाहरू !

प्रकाशित: २५ जेष्ठ २०७८ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App