१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

कविता तिमी सजीव मनका सपना रहेछौ

कविता

  रमण गुरुङ

 

कविता तिमी सजीव  

मनका सपना रहेछौ

कविता तिमी पवित्र

मनका गंगा रहेछौ

 

जीवन र जगतलाई  

नियाल्ने नेत्र रहेछौ

कविता तिमी छटपटाइरहेको

अव्यक्त कुण्ठाहरूको  

सुसेली भनूँ या त के भनूँ

तिमी सुन्दर फूलका  

वास्ना रहेछौ            

 

तिमी नै कविताको  

उपविधा बनी सबैको  

प्रिय समीक्षात्मक बन्दै  

गुञ्जने कोकिल गीत हौ  

त्यही गीत नै सबैलाई  

मोहनी लगाउने प्रित हौ  !! 

 

कविता तिमीलाई  

खै के उपनाम दिऊँ

काँडैमा फुल्ने गुलाफ हौ  

हिलैमा मुस्कुराउने कमल

भिरमा फुल्ने सुनाखरी फूल हौ ।  

     

कविता तिमी के हैनौ ?  

शान्तिमा तिमी कलम हौ  

क्रान्तिमा तिमी आगाको ज्वाला हौ !!

 

कविता तिमी

निरसमा रस हौ !!

कविता तिमी के हैनौ ?  

भावनाका संवेनात्मक  

महासागरबाट प्रकट  

हुने आत्मका बिगौत  

हौ तिमी कविता !!

 

सबको दिल छुने  

शब्दहरूका पुञ्ज समाई  

अलंकारिक र  विम्वहरूको लयमा  

प्रकट हुने कल्पनाका ज्योति  

पुञ्ज हौ तिमी कविता !!

 

थोरै शब्दमा विशाल  

भाव बोकेर हिँड्ने  

ब्रम्ह ज्ञान हौ !!

समाजलाई रूपान्तरण  

गर्ने तिमी कविता !!

समाज परिवर्तन गर्ने  

आधार स्तम्भ तिमी कविता !!

 

ध्यानी भावसँगै  

मुस्कुराएका सुन्दर  

शान्त अन्तरमनको  

उपज तिमी कविता !!

 

अन्तमा ,

यो विश्व ब्रम्हाण्ड  

अनि आकाश, हावा,  

माटो, पानी , आगो,  

यी पञ्च तत्वहरूले  

 बनेका चराचर जगतका  

 ती सबै– सबै प्राणीहरूद्वारा                        

 गरिने क्रियाक्लापहरू  

 के कविता हैनन् र ?

 

प्रकाशित: २० जेष्ठ २०७८ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App