२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

आँसुको थोपा

लघुकथा

ममता मृदुल 

चाँदनी रात छ । मेनुकाको मनमा भगवान प्रतिको अगाध विश्वास छ । बिहान चार बजे छोरालाई लिएर मनोकामना मन्दिर जान साथीसँग हिँडिन् ।  

 पवनले ‘अहिले नजाउ पछि म आएपछि जाउला’ भनेका थिए। पवन कतारबाट आएपछि म फेरि जाउला साथीहरूलाई जान्छु भनिसके जान्छु भन्ने सोचिन्।

हात समाती राखेको छोरा कति बेला हात छुटाएर सडकमा पुग्यो। पछाडिबाट ट्रकले ड्याम्म हानेर ब्रेक लगाउँदा लगाउँदै सकेन। एघार वर्ष पुगेको छोरा मनकामना मन्दिर जाँदा कस्ले गुमाउँछु भनेर सोच्न सक्छ । कति माया र विश्वास बोकेर आएकी छताछुल्ल पोखियो।

पवन चार दिनपछि कतारबाट आ । मेनुकासँग बोलेनन्।  

आज दुई महिना भयो। एउटा भएको छोरा गुमाउनुको पीडा त छ। केही दिनमा बहिनी सौता बनेर भित्रिने कुरा सुन्दा मनमा औडाहा भएको छ।

घरबाट माइत आइन्। कोही बोलेनन्। बिहे गर्न तयार भएर बसेकी काकाकी छोरीलाई भेटेर सम्झाउने कोसिस गरेपनि सकिनन्।

आशा पनि ठूलो राखेको हैन तर पनि पूरा हुन नसक्दा मन भावुक बनेको छ। कोसँग खोल्नु मनका भावलाई काकी आमा जस्तो हुँदैन रहेछ । आज मरेकी आमाको धेरै सम्झना आयो।

एक दिन बसेर फर्किन्।

घरमा पवन बसिरहेका थिए । उनीलाई देखेर मोटरसाइकल लिएर हिडे।  

मोटरसाइकल दुर्घटना भएको खबर सुनेर अस्पताल पुग्दा पवन बेडमा सुतेको थिए।  मेनुकालाई पवनको छातीमा टाउको राख्न मन लाग्यो। पवनको छातीमा मेनकाको आँखाबाट तपतप झरेको आँसुको थोपाले पवनलाई पगालिरहेको थियो।

प्रकाशित: १५ जेष्ठ २०७८ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App