विश्वविनोद
काखमा बसी लुटपुटिन्छ कति साह्रै बाठो,
बुर्लुकबुर्लुक उफ्री हिंड्छ मेरो मुने पाठो।
आँखा झिम्क्याई दुवै कान ठाडो पारीपारी,
नाच्दै हिँड्छ बुर्लुक–बुर्लुक हाम्रो बारी–बारी।
मैले स्कुल जान लाग्दा लाग्छ पछि–पछि,
निदाउँछ कहिलेकाहीँ मेरै काखमा बसी।
अर्को घरको मुनेलाई खेल्छ बोलाएर,
एक्लै भए दुःखी हुन्छ बस्छ टोलाएर।
कान यसका ठाडा–ठाडा जिउ खैरो रातो,
बुर्लुकबुर्लुक उफ्री हिँड्छ मेरो मुने पाठो।
प्रकाशित: ११ जेष्ठ २०७८ ०८:१२ मंगलबार