श्रद्धा भट्टराई
विचित्र रहेछ यो जीवन पनि
जिन्दगीभरि प्रकृतिले दिएको सासबाट बाँच्यौं
आज त्यही प्रकितिको विपरीत जाँदा
एक मुठी सास पाउन घिटघटिएको छ
‘मै हुँ’ भन्ने यो मानव समाजलाई
अदृश्य जीवले चार भित्तामा थुनिदियो
के नै रहेछ त जिन्दगी
आखिर त्यही माटोमा गएर मिलिदियो
के धनी के गरिब, के राजाको र रंकको
सिकायो त्यही अदृश्य जीवले
छैन मोल कुनै सम्पति र अंकको
भौतिक कुरामा सुख खोज्ने हामी
आखिर खुसी त खालि बाँच्न पाउनुमा रहेछ नि
सुन–चाँदी, महल, गाडीले हैन
विपदमा साथ त साथीभाइ र परिवारले दिँदो रहेछ नि
प्रकृतिलाई जिस्कायौं हामीले
र त हरेक दोस्रो मानिससँग भाग्नुपरेको छ
भयो, पुग्यो अब माफ गरिदेऊ,
चितायौं हामीले
पुनः साधारण जीवन बाँच्नु परेको छ
पुनः साधारण जीवन बाँच्नु परेको छ।
प्रकाशित: ७ जेष्ठ २०७८ ०९:५९ शुक्रबार