मौनता
पुस महिनाको चिसो ठण्डी अनि हुस्सुमा एकाबिहानै प्रमोद चुरोट सल्काएर धुवाँ उडाउदै वीर अस्पतालको पेटीबाट हिँडिरहेका थिए। जाडो महिना भएकाले होला पसलहरू बन्द नै थियो र बाटो पनि सुनसानै थियो।
– ए भाइ, एकछिन यता आउनुस् त । पछाडिबाट एकजना बर्दीवाला प्रहरीले हातको इसाराले बोलाए। प्रमोद हातको चुरोट हातैमा किचीमिची बनाउँदै छिटोछिटो पाइला चाल्न थाले । प्रहरी उसकै पछि लाग्न थाले।
– ला अब बित्यास पार्ने भयो । प्रहरीले धूमपान निषेधित क्षेत्रमा चुरोट पिउँदै हिँडे। अब के गर्ने हुन यी मामाले ! प्रमोद कुद्न थाल्यो। प्रहरी पनि कुद्दै आएर पछाडिबाट प्रमोदको ज्याकेटमा समाते।
प्रमोद डराएर दुई हात जोडे – सरी सर, मबाट गल्ती भयो। आइन्दा यस्तो गल्ती दोहोरयाउने छैन।
जाडोले कामिरहेका प्रहरी जवानले भने– भाइ मलाई एउटा चुरोट दिनुस न।
प्रकाशित: ७ जेष्ठ २०७८ ०८:२३ शुक्रबार